इटहरी- प्रदेश १ को मन्त्रीपरिषद गठन भएको ११ महिना बितिसक्दा पनि मन्त्रिमण्डलमा महिला समावेश भएका छैनन। मुख्यमन्त्री शेरधन राई नेतृत्वको पाँच सदस्य मन्त्रिमण्डलमा महिला थप्न ‘प्रेसर’ पनि भएको नेकपा नेताहरु बताउँछन। यहि प्रेसरकै कारण केहि महिनाअघि इलाम पुगेर मुख्यमन्त्री राईले चाँडै प्रदेश मन्त्रिपरिषदले महिला समेट्ने बताएका थिए।
मंगबार एक कार्यक्रममा इलामको माङ्सेबुङ पुगेका प्रदेश १ का मुख्यमन्त्री राईले नयाँ उद्घोष गरे, ‘अब प्रदेशले महिला मन्त्री चाँडै पाँउछ।’ २०७४ फागुन ३ गते बनेको प्रदेश १ को मन्त्रिपरिषद महिलाबिहिन भएको आरोप आएको नौ महिनापछि मुख्यमन्त्रीले इलाम पुगेर महिला मन्त्री थप्ने बताएका हुन्। गत मंसिर १८ गते इलामको माङ्सेबुङ पुगेर मुख्यमन्त्रीले महिला मन्त्री चाँडै थपिने बताएका थिए।
मन्त्री बन्न चर्चामा आएका महिला सांसदहरु
प्रदेश १ को सत्ताधारी नेकपासँग दुई तिहाइ बढी सांसदहरु छन्। जम्मा ९३ सांसद भएको प्रदेश १ को प्रदेशसभामा नेकपाका ६७ सांसदमा २२ जना महिला सांसद छन्। यसमा प्रत्यक्ष निर्वाचित उदयपुरकी कला घले र इलामकी खिनु लङ्वा लिम्बु छन् भने बाँकी सबै महिला सांसदहरु समानुपातीकबाट आएका छन।
प्रदेश मन्त्रिपरिषदमा महिला समावेश गर्ने कुरा आँउदा ३३ प्रतिसत पुर्याउन १ देखी २ जना मन्त्री हुने चर्चा चलेको छ। हाल मन्त्री बन्न चर्चामा सबैभन्दा धेरै आएको नाम हो उदयपुरकि कला घले। प्रत्यक्ष निर्वाचित घलेसँगै अर्कि प्रत्यक्ष निर्वाचित सांसद खिनु लङ्वा लिम्बुको पनि नाम चर्चामा छन्। घले र लिम्बु दुवै पूर्व एमालेबाट निर्वाचित भएका हुन।
साविक एमाले र माओवदी केन्द्रको भागबन्डा भएर १-१ जना मन्त्री मन्डल हुँदाको अवस्थामा माओवादीबाट पनि बिभिन्न सांसदहरुको नाम मन्त्री बन्ने चर्चामा रहेको छ। माओवदीको तर्फबाट मन्त्री बन्ने नाममा धनकुटाकि सांसद कुसुमकुमारी श्रेष्ठको नाम चर्चामा छ। पाँचथरकी प्रभावशाली पूर्व माओवादीबाट निर्वाचित सांसद सीता थेवेले उपसचेतक पाएकोले संसदमा धेरै सक्रिय महिला सांसदको रुपमा परिचित श्रेष्ठले माओवादी कोटा आएमा पाउन सक्ने नेकपाका एक सांसद बताउँछन।
यसरी को को मन्त्री बन्ने भनेर चर्चा आइरहेको बेला मुख्यमन्त्रीले भने यस बारेमा कुनै नाम सार्वजनिक गरेका छैनन। मुख्यमन्त्री श्रोतका अनुसार मन्त्रीको नाम चाँडै ‘होमवर्क सकेर’ फाइनल हुनेछ।
हाल प्रदेश १ को शेरधन राई नेतृत्वको मन्त्रीपरिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्री (गुहमन्त्री) हिक्मत कार्की, आर्थिक मामिला तथा योजना मन्त्री (अर्थमन्त्री) इन्द्र आङ्बो (मौसम) रहेका छन। यस्तैगरि, सामाजीक विकास मन्त्री जीवन घिमिरे छन भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियेत रहेका छन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४