बिहीबार, साउन १४, २०८३

सरकारविरुद्ध कांग्रेसले सडक र संसद दुवै तताउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसले सडक र सदनबाट सरकारविरुद्ध कडा आन्दोलन गर्ने निर्णय गरेको छ। पार्टीको आइतबार जारी केन्द्रीय समिति बैठकले सरकार निरंकुश ढंगले अघि बढ्न खोजेको निष्कर्ष निकाल्दै आक्रामक आन्दोलन गर्ने निर्णय गरेको हो।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेर बहुमत र संसदीय सर्वोच्चताको दुरुपयोग गरेको निष्कर्ष कांग्रेसले निकालेको छ। 

आइतबारको बैठकमा बोल्ने नेताहरूले राजनीतिक संरक्षणमा भ्रष्टाचारलाई संस्थागत गरिएको, माफिया पोस्ने विधेयक गरिएको, संवैधानिक निकायलाई राजनीतिक प्रभावमा राख्न खोजिएको, धर्म र संस्कृतिमाथि आक्रमण गर्न खोजिएको आरोप लगाउँदै सरकारको कडा आलोचना गरेका थिए। यस्तै सरकारले आफ्ना निर्णय नसच्याएसम्म सदन चल्न नदिने निर्णय पनि बैठकले गरेको छ।

कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षाका लागि भ्रातृ संगठनका गतिविधि थप सशक्त बनाउने निर्णय गरेको जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

बैठकमा केही नेताहरूले डा. गोविन्द केसीसँग आफैंले सहमति गरेको तर विधेयक पारित हुने दिन संसद् बैठकमा अनुपस्थित भएर द्वैध चरित्र देखाएको आरोप लगाएका थिए। उनीहरूले प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद्ले पाँचवटा आयोग गठन गर्ने निर्णय गरेर बहुमतको दम्भ देखाएको भन्दै सरकारको आलोचना गरेको थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।