शुक्रबार, वैशाख ४, २०८३

साइकलबाटै वारपार गर्न मिल्ने गरी आकाशेपुल निर्माण सुरु

 |  आइतबार, असोज २६, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असोज २६, २०८२

पाटन (ललितपुर)। ललितपुर महानगरपालिकाको सुन्दरीघाट मार्गबाट चक्रपथमा साइकलबाटै वारपार गर्न मिल्ने आकाशेपुल निर्माण हुने भएको छ। महानगर प्रमुख चिरीबाबु महर्जनले वडा नं ३ र ४ धोबिघाट चोकको रिङरोड सडकमा निर्माण गरिने ३६ दशमलव ६१ मिटर लामो साइकलमैत्री एवम् अपाङ्गतामैत्री आकाशेपुलको आज शिलान्यास गरे।

National life

त्यस क्रममा उनले सडकको दुवैतर्फबाट साइकलमा सडक वारपार गर्न मिल्नेगरी आकाशेपुल निर्माण गरिने जानकारी गराए। 'समयमै गुणस्तरीय काम हुने विश्वास छ, यस क्रममा सरकार र महानगरका तर्फबाट कुनै पनि तहबाट बाधा–व्यवधान हुँदैन। निर्माण व्यवसायी, परामर्शदाताहरूबाट पनि यो काममा कुनै विलम्ब नहोस्,' महानगर प्रमुख महर्जनले भने, 'सम्भवतः यो नेपालमै पहिलो काम हुन्छ। यसलाई समयमै निर्माण गरी ठेकेदारप्रति रहेको नकारात्मक धारणा पनि परिवर्तन गर्न लागौँ।'

महानगरको रु पाँच करोड चार लाख ४८ हजार ४२६ को लागतमा निर्माण हुने पुल एक वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ। लामा प्रगति–मनि बुद्ध जेभी, काभ्रेपलाञ्चोकले निर्माणको ठेक्का लिएको छ। गत असार २२ गते सम्झौता गरी १२ महिनाभित्र काम सम्पन्न गर्नेगरी सम्झौता भएको महानगरका सिडिई प्रदीप पौडेलले जानकारी दिए।

शिलान्यास कार्यक्रममा वडा नं ४ का अध्यक्ष सन्तोष केसी, वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनलगायतले आफ्नो धारणा राखेका थिए।

kumari

प्रकाशित: Oct 12, 2025| 21:59 आइतबार, असोज २६, २०८२
प्रतिक्रिया दिनुहोस्