चितवन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश बचाउनका लागि जनता जाग्ने समय आएको बताएका छन्।
अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष केसीले देशमा विदेशी चलखेल बढेको भन्दै जनता जाग्ने समय आएको बताए। अहिलेको अवस्थामा नेपालको रक्षाका लागि नेपाली जनता एक हुन आवश्यक रहेको उनको भनाइ थियो।
‘नेताहरु स्वच्छ र इमान्दार नभएका कारण यो समस्या आएको हो', अध्यक्ष केसीले भने, 'नेताहरुमा जनताको चिन्ताभन्दा अघिपछि हिँड्नेको चिन्ता हुँदा अहिले जेनजीले आन्दोलन गरेको हो।‘