सोमबार, असोज २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकले गर्यो ८ प्रतिशत नगद लाभांश घोषणा

ग्लोबल आइएमई बैंकले गर्यो ८ प्रतिशत नगद लाभांश घोषणा

 |  आइतबार, असोज २६, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असोज २६, २०८२

काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१र८२ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित)वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरूलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ।

Kumaribank

ग्लोबल आइएमई बैंकले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो प्रतिष्ठा कायम राख्दै आएको छ। बैंकले ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’ २०२४ र २०२५, साथै युरोमनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा ‘नेपालको सर्वश्रेष्ठ बैंक’ को उपाधि पाएको छ। यस्तै, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ मा पनि ‘बेस्ट बैंक’को रूपमा सम्मानित भएको छ।

मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गरेको ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा–रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिँदै आएको छ।

बैंकले देशभित्रका नागरिकहरूलाई बैंकिङ सेवासँगै रेमिट्यान्स सेवामा पनि सक्रियता देखाउँदै आएको छ। संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका देशहरूबाट रेमिट्यान्स भित्र्याउने कार्य निरन्तर रूपमा गर्दै आएको बैंकले जनाएको छ।

प्रकाशित: Oct 12, 2025| 14:42 आइतबार, असोज २६, २०८२
प्रतिक्रिया दिनुहोस्