बिहीबार, साउन १४, २०८३

महिला संघको संयोजनमा कांग्रेसका भातृसंस्था सडकमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकार अधिनायकवादी शैलीमा चलेको आरोप लगाउदै आज नेपाली कांग्रेस भ्रातृ संगठनहरुले संयुक्त प्रर्दशन गर्ने भएका छन्। नेपाल महिला संघको संयोजनामा कांग्रेसका भ्रातृसंगठनहरुले संयुक्त प्रर्दशन गर्न लागेको नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले बताइन्।
 
काठमाडौंका माइतीघर मण्डलादेखि बानेश्वरसम्म मध्यान्ह साढे १२ बजे संयुक्त प्रदर्शन हुन लागेको हो। नेपाल महिला संघकी अध्यक्ष रेग्मीका अनुसार कम्युनिस्ट सरकारले अधिनायकवाद तरिकाले संसदमा कांग्रेसलाई पेलेर जान खोजेको तथा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पतालहरू खारेजी प्रक्रियामा लगेपछि बाध्य भएर सडक आन्दोलनमा उत्रिनु परेको जानकारी दिइन्।
 
मेडिकल क्षेत्रको सुधार र पूर्वसहमति कार्यान्वयनको माग गरेर असनरत डा गोविन्द केसीको जीवन रक्षा र कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीहरूलाई कारबाहीको माग गरेर आइतबार आकस्मिक रुपमा प्रदर्शन गर्न लागिएको अध्यक्ष रेग्मीले बताइन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।