आइतबार, भदौ १४, २०८३

सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

 |  आइतबार, असोज २६, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असोज २६, २०८२

काठमाडौं- गत शुक्रबारको तुलनामा सुनको मूल्य रु तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि ४० रुपैयाँले वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार रु दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु रु तीन हजारले बढेर रु दुई लाख ३८ हजार कायम भएको छ। सोही दिन  एक तोला चाँदी रु तीन हजार ८५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार १२५ मा किनबेच  भइरहेको छ। 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

प्रकाशित: Oct 12, 2025| 11:44 आइतबार, असोज २६, २०८२
प्रतिक्रिया दिनुहोस्