काठमाडौं- माघ ११ गते संसद् बैठकको मुड फरक थियो। राष्ट्रिय चिकित्सा विधेयक कुनै हालतमा पास गर्ने मुडमा थियो सत्ता पक्ष। कुनै पनि हालतमा पारित गर्न नदिने मुडमा थियो प्रतिपक्ष। संसद्मा दुई तिहाइ भएको सरकार पनि यसबाट किन पछि हट्थ्यो ? आफ्नै पार्टीका तर्फबाट सभामुख बनाएकोमा उनीबाट राम्ररी फाइदा लिन चाहन्थ्यो सरकार।
नभन्दै यस्तो भयो पनि । ११ गते १ बजे संसद् सुरु भयो। कांग्रेसका संसाद जर्याकजुरुक आफ्नो सिटबाट उठे। सत्तापक्ष भने ताली बजाएर बसे।
सभामुख कृष्णबहादुर महराले बोल्नका लागि कांग्रेस सचेतक पुष्पा भुसाललाई समय दिए। भुसालले विधेयक कुनै हालतमा पारित हुन नदिने भन्दै संसद्मा आफ्नो अडान दोहोर्याइन्। उनले बोलिसकेपछि सभामुखले सदनको कारबाही अगाडि बढाउन खोजे। तर कांग्रेसले रोस्टम घेर्न पुग्यो। सभामुख रोकिएनन्। मर्यादापालकको घेरामा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरले रोस्टम पुगे। उनले विधेयक पेस गरे।
भिडियो
सभामुखले विधेयक निर्णयार्थ पेस गर्दै गए। सत्ता पक्षाका सांसदहरु हुन्छ भन्दै ताली पिट्दै गए। तर चिकित्सा विधेयकको दफा दुई देखि ५३ सम्म विधेयकको अंग बनोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुँदा सभामुख चिप्लिएका थिए। सभामुखले निर्णयार्थ पेस गर्दै ‘यो प्रस्तावका पक्षमा हुने माननीय सदस्यहरुले हुन्छ भन्नुस्, विपक्षमा हुनेले हुन्न भन्नुस्।’ सत्ता पक्षका संसादहरुले हुन्छ भने । विपक्षमा केवल नाराबाजी मात्र थियो। तर सभामुखले आफ्नो निर्णय सुनाउँदा 'प्रस्तावको पक्षमा हुन्न भन्नेको बहुमत भएकोले स्वीकृत भएको घोषणा गर्दछु' भने। त्यसपछि त्यसलाई कुनै सच्याउने काम भएन।
अहिले यो विषय सरकार र सभामुखको टाउको दुखाइको विषय बनेको छ।
यो विषय अहिले सर्वोच्चसम्म पुगेको छ। सर्वोच्चमा उजुरी दर्ता गर्न लागिएको छ। कार्यलय समय खुल्नसाथ रिट लगिए पनि दर्ता गर्न आनाकानी गरिएको छ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संसदीय अभ्यासमा सभामुखले बोलेको विषयनै विधेयकमा समाहित हुने भएकोले चिकित्सा शिक्षा विधेयक विधिवत रुपमा पास नभएको जिकिर गर्दै आइतबार रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन्। भण्डारीले रिट दर्ता गर्न सर्वोच्च प्रशासनले आनाकानी गरेको नेपाल समयसँग बताए।
‘यस्तो प्रक्रियामा सभामुखले बोलेको शब्द नै विधेयकको अंग हुन्छ। त्यो कानुन सरह हुन्छ', भण्डारीले नेपाल समयसँग भने। सभामुखले शुक्रबार चिकित्सा शिक्षा विधेयकमा परेको संशोधनको विपक्षमा बहुमत भएको भनेकाले उक्त विधेयक पारित नभएको तर्क भण्डारीले गरेका छन्। रिटमा संसदको अडियो मगाउन भनिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...