शुक्रबार, वैशाख ४, २०८३

कांग्रेस केन्द्रीय समितिको पूर्ण बैठक २८ गते बस्ने गरि सारियो

 |  शनिबार, असोज २५, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, असोज २५, २०८२

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले २६ गते बस्ने भनिएको केन्द्रीय समितिको पूर्ण बैठक २८ गतेको लागि सारेको बताएका छन्।

National life

शनिबार बसेको काङ्ग्रेसको पदाधिकारी बैठकपश्चात उनले एकजुट भएर पार्टीलाई परिचालन गर्ने ठाँउमा पुग्न र राजनीतिक मुद्दाहरुमा स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नको लागि भनेर बैठक दुई दिनको लागि सारेको बताए।

उनले भने, ‘भोली २६ गतेको केन्द्रीय समितिको जुन पूर्ण बैठक हामीले राखेका थियौं। त्यसलाई दुई दिनपछि २८ गतेको लागि सार्ने र जति पनि विषयवस्तुहरु हामीले छलफल गर्नु र निष्कर्षमा पुग्नु छ। त्यसलाई अझ सानो गरेर केन्द्रीय समितिमा छलफल हुदा त्यो सहज होस र छिटै निष्कर्षमा पुगेर केन्द्रीय समितिको बैठक समापन गरेर एकजुट भएर हामीले पार्टीलाई परिचालन गर्ने ठाँउमा पुग्न सकौं र राजनीतिक मुद्दाहरुमा पनि स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न सकौं भनेर दुई दिनको लागि बैठक सारेको हो।’

यस्तै, उनले २८ गतेको बैठकमा ठोस ऐजण्डासहित प्रस्तुत हुने योजना बनाएको पनि बताए।

kumari

प्रकाशित: Oct 11, 2025| 19:50 शनिबार, असोज २५, २०८२
प्रतिक्रिया दिनुहोस्