बिहीबार, साउन १४, २०८३

मालपोत र नापीमा सीडीओको आकस्मिक छडके

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- नेपाल सरकारका मालपोत र नापी बदनाम अड्डाहरु मध्ये एक हुन्। सेवाग्रहीको अत्याधिक भिडभाड रहने यी दुबै अड्डामा कर्मचारीहरु घुसबिना कामै नगर्ने आरोप लाग्दै आएको छ।

मालपोत र नापी कार्यालयमा कर्मचारीहरु घुस नलिई काम नगरेको आरोप लागि रहेको बेला धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले आइतबार आकस्मिक निरीक्षण गरेका छन्।

कसैलाई जानकारी नै नदिइ प्रमुख जिल्ला अधिकारी मालपोत कार्यालय छिरेपछि केहिबेर हडकम्प नै मचेको थियो। कणेलले सेवाग्राहीहरुसँग कार्यालयबाट प्रवाह भइरहेको सेवाबारे समेत जानकारी लिएका थिए।

सेवाप्रभावहमा भइरहेको ढिलासुस्तीबारे गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी कणेलले दुबै कार्यालयका प्रमुखलाई सेवाग्रही सामुत्रे उभ्न लगाए। र, काममा ढिलासुस्ती नहुनुका साथै कुनै कर्मचारीले दस्तुरबाहेकको पैसा मागे कारबाही गर्ने वचनवद्धता दुबै कार्यालयका प्रमुखबाट सेवाग्रहीअघि दिन लगाए।

प्रमुख जिल्ला अधिकारी कणेल जनकपुरधाम-४ स्थित मालपोत कार्यालय पुग्दा कार्यालय प्रमुख रामबाबु मण्डल विदामा थिए। प्रमुख मण्डल विदामा रहेकोले उनले निमित्त कार्यालय प्रमुख मो.इजहार आलमलाई सेवाग्रही सामुत्रने उभाए। कणेलको निर्देशनपछि सयौं सेवाग्रहीको सामुत्रे निमित्त कार्यालय प्रमुख आलमले भने,‘तपाईहरुलाई काम गराउन कर्मचारीबाट कहिँकत्तै ढिलासुस्ती भए वा कसैले दस्तुरबाहेकको रकम मागे मलाई जानकारी गराउनुस। म त्यो कर्मचारीलाई कारबाही गर्छु।’

मालपोतपछि नजिकै रहेको नापी कार्यालयमा पुगेका प्रमुख जिल्ला अधिकारी कणेलले विभिन्न फाँटमा पुगेर सेवाप्रभाहका बारे जानकारी लिएका थिए।  कणेलले मालपोत कार्यालय झैं नापी कार्यालयका प्रमुखलाई बारण्डामा उभ्न लगाएर सेवाग्रहीको काममा ढिलाइ नहुने र कर्मचारीले घुसमागे कारबाही गर्ने प्रतिवद्धता गर्न लगाएका थिए। मालपोत र नापीका साथै कणेलले आफ्नै जिल्ला प्रशासन कार्यालयमा समेत आकस्मिक निरीक्षण गरेका छन्।

सेवाग्रहीहरुलाई सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन यी कार्यालयहरुका आकस्मिक निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी कणेलले नेपाल समयलाई जानकारी दिए।

निरीक्षणको क्रममा लेनदेन भइरहेको नपाइएपनि धेरै भिडभाड रहने कार्यालयमा जनशक्तिको कमी रहेको आफूलाई लागेको उनले बताए। सेवाग्रही पनि सचेत हुनुपर्ने र कर्मचारी पनि अनैतिक काम गर्न नहुने उद्देश्यका साथ कार्यालयमा निरीक्षण गरेको कणेलले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।