शुक्रबार, मंसिर १९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक कार्तिक १४ र १५ गते चितवनमा

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक कार्तिक १४ र १५ गते चितवनमा

 |  शुक्रबार, असोज २४, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको विस्तारित बैठक आगामी कार्तिक १४ र १५ गते चितवनमा गर्ने निर्णय गरेको छ। 

National life

शुक्रबार बसेको सचिवालयको बैठकले केन्द्रीय सदस्य एवं पूर्वसांसद हरि ढकालको संयोजकत्वमा विस्तारित बैठकको व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए।

उनले भने, ‘पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आगामी कार्तिक १४ र १५ गते चितवनमा गर्ने केन्द्रीय सदस्य एवं पूर्व सांसद हरि ढकालको संयोजकत्वमा विस्तारित बैठकको व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको छ।’

त्यस्तै उनले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रस्तावित एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिमा प्रदेश मार्फत् जिल्ला, निर्वाचन क्षेत्र, पालिका तहसम्मको सुझाव संकलन गरी मस्यौदा तयार गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय पनि भएको जानकारी दिए। 

उक्त कार्यदललाई सुझाव संकलनको लागि सात दिनको समयावधि तोकी कात्तिक १५ भित्र उम्मेदवारी आव्हानको तयारी गर्ने उनले बताए। 
वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवद्र्धनका लागि विभिन्न सामाजिक–राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै वृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उच्च संवाद समितिको संयोजन पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले गर्ने पनि निर्णय भएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 10, 2025| 17:26 शुक्रबार, असोज २४, २०८२
प्रतिक्रिया दिनुहोस्