काठमाडौं : विवादित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित नभएको भन्दै सर्वोच्च अदालतमा रिट पर्दैछ। विधेयकलाई निर्णयार्थ पेस गर्ने क्रममा ' हुन्छ भन्नेहरुको बहुमत' भन्नुपर्नेमा सभामुखले 'हुन्न भन्नेहरुको बहुमत' भनेको विषयलाई लिएर सर्वोच्चमा रिट हाल्न लागिएको हो। कार्यलय समय खुल्नसाथ रिट लगिए पनि दर्ता गर्न आनाकानी गरिएको छ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संसदीय अभ्यासमा सभामुखले बोलेको विषयनै विधेयकमा समाहित हुने भएकोले चिकित्सा शिक्षा विधेयक विधिवत रुपमा पास नभएको जिकिर गर्दै आइतबार रिट दर्ता गर्न सर्वोच्च पुगेका छन्। भण्डारीले रिट दर्ता गर्न सर्वोच्च प्रशासनले आनाकानी गरेको नेपाल समयसँग बताए।
‘यस्तो प्रक्रियामा सभामुखले बोलेको शब्द नै विधेयको अंग हुन्छ। त्यो कानुन सरह हुन्छ, भण्डारीले नेपाल समयसँग भने।सभामुखले शुक्रबार चिकित्सा शिक्षा विधेयकमा परेको संशोधनको विपक्षमा बहुमत भएको भनेकाले उक्त विधेयक पारित नभएको तर्क भण्डारीले गरेका छन्।रिटमा संसदको अडियो मगाउन भनिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४