शुक्रबार, मंसिर १९, २०८२

सुनको मूल्यमा दैनिक कीर्तिमान

 |  बिहीबार, असोज २३, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २३, २०८२

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार रु दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु एक हजार २०० ले बढेर रु दुई लाख ३९ हजार २०० कायम भएको छ। 

चाँदीको मूल्य पनि बढेको छ। बुधबार एक तोला चाँदी रु दुई हजार ९५५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार २५ मा क्रयविक्रय भइरहेको महासङ्घका जनाएको छ।  

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

प्रकाशित: Oct 09, 2025| 11:26 बिहीबार, असोज २३, २०८२
प्रतिक्रिया दिनुहोस्