आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • शाओमी नेपालले रेड्मी नोट-१४ सिरिजको मूल्य घटायो, यस्तो छ नयाँ मूल्यसूची

शाओमी नेपालले रेड्मी नोट-१४ सिरिजको मूल्य घटायो, यस्तो छ नयाँ मूल्यसूची

 |  बिहीबार, असोज २३, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २३, २०८२

काठमाडौं-शाओमी नेपालले 'शाओमी महा फेस्टिवल' उत्सवको अवसरमा आफ्नो लोकप्रिय ब्राण्ड रेड्मी नोट १४ सिरिजको मूल्यमा भारी छुटको घोषणा गरेको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै नयाँ मूल्यले ग्राहकहरूलाई अत्याधुनिक प्रविधिमा पहुँच सहज बनाउने विश्वास व्यक्त गरेको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले 'रेड्मी नोट १४' सिरिजले नेपाली ग्राहकमाझ विशेष स्थान बनाएको बताए।यो नयाँ मूल्य घोषणा हाम्रो प्रतिबद्धता हो, जसले सबैलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउनेछ। अब अझ धेरै प्रयोगकर्ताले फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको आनन्द लिन सक्नेछन् भन्नेमा हामी विश्वस्त छौँ’,उहाँले भन्नुभयो।

यस्तो छ नयाँ मूल्य
रेड्मी नोट १४
6GB + 128GB: पहिले रु. २४,९९९, अब रु. २३,९९९
8GB + 256GB: पहिले रु. २७,९९९, अब रु. २६,९९९

रेड्मी नोट १४ (5G)
8GB + 256GB: पहिले रु. ३०,९९९, अब रु. २९,९९९
12GB + 512GB: पहिले रु. ३५,९९९, अब रु. ३४,९९९

आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र उन्नत क्यामेरा प्रणालीका लागि परिचित रेड्मी नोट १४ सिरिजको यो नयाँ मूल्य २०८२ असोज ७ गतेदेखि लागू भएको कम्पनीले जनाएको छ। यी स्मार्टफोनहरू नेपालभरका शाओमीका अधिकृत बिक्रेता, खुद्रा पसलहरू तथा प्रमुख स्मार्टफोन स्टोरहरूमा उपलब्ध छन्।

प्रकाशित: Oct 09, 2025| 10:42 बिहीबार, असोज २३, २०८२
प्रतिक्रिया दिनुहोस्