शुक्रबार, मंसिर १९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला शुक्रबारदेखि सुरु,ईभी गाडीमा अपग्रेडको अवसर र १५ लाखसम्म अफर

एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला शुक्रबारदेखि सुरु,ईभी गाडीमा अपग्रेडको अवसर र १५ लाखसम्म अफर

 |  बुधबार, असोज २२, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असोज २२, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं-अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आउँदो शुक्रबार (असोज २४ गते) देखि काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका अधिकृत सोरुमहरुमा एकैसाथ देशव्यापी रुपमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभलको आयोजना गर्ने भएको छ।तीन दिनसम्म चल्ने यो एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना गाडीहरु साटेर नेपालकै सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड इभीमा अपग्रेड गर्ने सक्नेछन्। काठमाडौंमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकले दिपल, अवतार, नामी र सेरेस जस्ता नेपालका शीर्ष इभी ब्रान्डका चर्चित मोडलहरु एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन्।

यसका साथै, सबै उमेर समूहका लागि मिल्ने मनोरञ्जन केन्द्र पनि हुनेछ।आगन्तुकहरुले ह्युमनोइठ रोबोट सो, कार रेसिंग सिमुलेटर, किड्स जोन र इनडोर गेमका साथै रिफ्रेसमेन्टको मज्जा लिन सक्नेछन्। ग्राहकहरुले एक्सचेन्जमेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीहरुको  सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्नेछन्। यसका साथै ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनुहुनेछ जसबाट निश्चित मोडेलहरुमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन्।यो कार्यक्रममा बुकिंग गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको पनि अफर पाउनेछन्।

एक्सचेन्ज कार्निभलमा पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयुभी अवतारलाई टेस्ट ड्राइभ गर्न सक्नेछ। साथै नाडा अटोसोमा सो स्टपर बन्न सफल दिपल एस-०५ र सेग्मेन्ट फस्ट फिचरहरुले भरिएको नामी भिगो पनि प्रदर्शनमा राखिनेछ।काठमाडौंबाहेक नेपालभरका दिपल, नामी र सेरेसका सम्पूर्ण सोरुममा पनि एक्सचेन्ज कार्निभल आयोजना हुनेछ जहाँ ग्राहकले एक्सचेन्ज सुविधा, नगद छुट र अन्य धेरै अफर पाउनेछन्। 

प्रकाशित: Oct 08, 2025| 17:03 बुधबार, असोज २२, २०८२
प्रतिक्रिया दिनुहोस्