काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावको लागि कार्यतालिका स्वीकृत गरेको छ।
सोमबार आयोगले स्वीकृत गरेको कार्यतालिका अनुसार १ मंसिर देखि १० मंसिरसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ माघेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने तालिका छन्। त्यस्तै, ३ फागुन देखि १८ फागुनसम्म चुनाव प्रचारप्रसार हुने र त्यसपछि प्रचारप्रसार निषेधको अवधि हुने तालिका छ।
२१ फागुनमा बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको छ।
समानुपातिक निर्वाचन प्रणालीका लागि १५ मंसिरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र १८ र १९ पुसमा बन्दसूची पेु गर्ने आयोगको कार्यक्रम छ। कार्यतालिकामा १ देखि १० मंसिरसम्म आयोगमा दल दर्ता गरिसक्नुपर्ने छ।