काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीको समर्थनमा साहित्यकारहरुले माइतीघर मण्डलामा रचना वाचन कार्यक्रमको आयोजना गरेका छन्। प्रत्येक शनिबार वाल्मीकि विद्यापीठमा साहित्यीक कार्यक्रम गर्दै आएको समूहले यसपाली माइती घरमा कार्यक्रम आयोजना गरेको हो।
केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै माइतीघर मण्डलामा कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक कवि सोझो गाउँलेले बताए। आफैले डा केसीसँग गरेका सहमतीबाट सरकार पछि हटेपछि उनको जीवन रक्षाका लागि कविता वाचन गर्दै सरकारको ध्यानाकर्षण गराउन खोजिएको उनको भनाई छ।
कार्यक्रममा बलराम दाहाल, सन्ध्या पहाडी, गीता कार्की, रञ्जिता गिरी, सविता बिमली, नारायण सापकोटा, जीवन खत्री, इन्द्र लम्साल, चन्द्रकान्त पौडेल, सुदर्शन शर्मा, पूर्णिमा प्रतिविम्ब, वर्षा वन्दना, केवल कार्की, लक्ष्मण आचार्य, सुजना न्यौपाने, टेकराज अवस्थी, तिलक राउत, डा. सुनिल बुढाथोकी, विनोद खत्री ‘आकाश’, रामप्रसाद जोशी, लगायतले रचना वाचन गरेका थिए। झरिकाबिच साहित्यकारहरुले केसीको समर्थनमा रचना वाचन गर्दै तीन घण्टा समय बिताएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४