बिहीबार, साउन १४, २०८३

नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले चावहिलको पशुपति क्याम्पस अगाडि प्रधान मन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।

सरकारले गरेको चिकित्सा शिक्षा विधेयकको विरोधमा आइतबार बिहान देशभरका क्याम्पस अगाडि दुई घण्टा चक्का जाम गरेको नेविसंघले पशुपति क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो।



नारावाजी गर्दै नेविसंघका काठमाडौं जिल्ला सभापति मनोज बैध नेतृत्वको टोलीले पुत्ला दहन गरेको हो। पुत्ला दहनका क्रममा प्रहरी र विद्यार्थीबिच सामान्य धडपकड भएको छ।
 
सरकारले जवरजस्ती संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै नेविसंघ आन्दोलित बनेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।