बिहीबार, असोज १६, २०८२

बडादसैँले राष्ट्रिय एकतालाई सवल बनाउनेः मुख्यमन्त्री कार्की

 |  बिहीबार, असोज १६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १६, २०८२

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी, २०८२का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

Kumaribank

मुख्यमन्त्री कार्कीले आज विजया दशमीको उपलक्ष्यमा शुभकामना दिँदै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपालको ऐतिहासिक परम्परा र सामाजिक विविधतालाई आत्मसात गर्दै आएको यस पर्वले राष्ट्रिय एकता, आपसी सद्भाव र सामाजिक सहकार्यलाई अझ सबल बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

मुख्यमन्त्री कार्कीले मौलिक परम्परा र सांस्कृतिक विविधताको संरक्षण र सम्बद्र्धनका पक्षमा कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट गरेका छन्।

दसैँ पर्वले नयाँ उमङ्ग, उत्साह र राष्ट्रिय एकतालाई अझ सबल बनाइ आपसी सद्भाव र समृद्धिको मार्ग प्रशस्त गर्न महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभएको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ।

Metro Mart

प्रकाशित: Oct 02, 2025| 16:45 बिहीबार, असोज १६, २०८२
प्रतिक्रिया दिनुहोस्