आइतबार, वैशाख ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री कार्की

निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री कार्की

 |  सोमबार, असोज १३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, असोज १३, २०८२

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

National life

बडा दसैंका पावन अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा गठन भएको वर्तमान सरकार तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउन प्रतिबद्धता जनाएकी छन्। साथै उनले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताइन्।

प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू र यो पर्व मनाउनुहुने संसारभर छरिएर रहेका नेपाली भाषीहरूमा सुखशान्तिको कामना गरिन्।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीले यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जनाएको छ।

kumari

प्रकाशित: Sep 29, 2025| 11:46 सोमबार, असोज १३, २०८२
प्रतिक्रिया दिनुहोस्