शुक्रबार, साउन १५, २०८३

एआईजीका लागि चार प्रहरी अधिकृतको नाम सिफारिस

 |  आइतबार, असोज १२, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असोज १२, २०८२

काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले प्रहरी नायब महानिरीक्षक (डिआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि चार जनाको नाम सिफारिस गरेको छ।

बढुवा समितिको २०८१ असोज १२ गते बसेको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम (४) अनुसार सिफारिस सूची प्रकाशन गरेको हो।

सिफारिसमा परेका अधिकृतमध्ये नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, आर्थिक प्रशासन शाखा, प्रधान नक्सालमा कार्यरत सुशील सिंह राठोर, मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम, धनुषाका उमा प्रसाद चतुरवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी महाशाखा टंगाल, काठमाडौँका हिमालय कुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलालीका डम्बर बहादुर बि.क.रहेका छन्।

34c9408d-4831-4dfb-a772-b1d59e921d9c-(1)-1759071750.jpg

प्रकाशित: Sep 28, 2025| 20:48 आइतबार, असोज १२, २०८२
प्रतिक्रिया दिनुहोस्