सोमबार, असोज १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरिने

जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरिने

 |  आइतबार, असोज १२, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, असोज १२, २०८२

Kumaribank

काठमाडौं । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरी तत्काल काम अगाडि बढाउने भएको छ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक समितिको वर्गीकरणपश्चात् त्यस आधारमा घाइतेलाई उचित राहतको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइते भएका व्यक्तिको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयमार्फत परिचयपत्रको व्यवस्था गर्ने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले घाइतेको पुनःउपचार (फलो अप)का लागि अस्पताल तोक्ने र ती अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने निर्णय गरेको छ। पुनःउपचारमा जाने घाइतेलाई निःशुल्क आवतजावत तथा घाइतेको उपचारमा सहजीकरण गर्न स्वास्थ्य मन्त्रालयले हटलाइनको व्यवस्था र सम्पर्क व्यक्ति तोक्ने निर्णयसमेत गरिएको प्रवक्ता खरेलले जानकारी दिए।

Metro Mart

मन्त्रिपरिषद्ले मुग्लिन–पोखरा सडकअन्तर्गत चितवनको मुग्लिनदेखि तनहुँको आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजार पारी गोरखातर्फदेखि मस्र्याङ्दी विद्युत् गृहको विपरित गोरखा तर्फसम्म थप सडकको रेखाङ्कन स्वीकृत गरेको छ। उक्त सडकको केन्द्र रेखाबाट दायाँबायाँ १५/१५ मिटर गरी ३० मिटर सडकको मापदण्ड स्वीकृत गर्ने निर्णय भएको छ।

बैठकले आगामी कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तरराष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को आठौँ बैठकमा सहभागिताका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई स्वीकृति दिएको छ।

 

प्रकाशित: Sep 28, 2025| 19:44 आइतबार, असोज १२, २०८२
प्रतिक्रिया दिनुहोस्