काठमाडौं- आज माघ १२ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले अब कांग्रेस र कम्युनिस्टको मुटु हल्लिने गरी संगठन निर्माण अभियान अघि बढाउने घोषणा गरेका छन्। विवेकशील समूह अलग भएपछि शनिबार आयोजित राष्ट्रिय सन्देश भेलालाई सम्बोधन गर्दै मिश्रले यस्तो घोषणा गरेका हुन्।
उपभोक्ताको घरघरमा विद्युतीय सेवा पुर्याउँदै आएको विद्युत प्राधिकरण अहिले मानिसको ज्यान लिने मेशिन बन्दै गएको छ। जनकपुर क्षेत्रमा प्राधिकरणको लापारवाहीले गएको एक सप्ताहभित्र करेन्ट लागेर ८ जनाको ज्यान गइसकेको छ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो नेपालको राजनीतिमा चर्चित अनुहार हुन् । आफ्ना तिखो वचनका कारण प्रायः चर्चामा रहने नेता हुन् केपी र राजेन्द्र ।
‘लामो युगको साधनाले बुनेको एउटा सपना छ मसँग। थरीथरीका आँसु, किसिम किसिमका व्यथा अनि मेरो सपनालाई जोगाउन मैले आफैंसँग गरेको कैयौं युद्ध छन्। जहाँ म हारेकी छु अनि आफैंलाई हराएकी पनि।’ मिश्रित हाँसो र भावुकताकाबीच नबिता श्रेष्ठ यसरी प्रस्तुत भइन्।
हिन्दू संस्कारमा महिलाले दागबक्ती दिनु र किरिया बस्नु त परकै कुरा हो मसानघाटसम्म जान हुँदैन भन्ने मान्यता समाजमा व्याप्त रहेका बेला अछाममा भने एक बृद्धा परम्परालाई चिर्दै बुहारीको किरिया बसेकी छन्।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ।
युएईसँगको जारी एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो एकदिवसीय खेलमा नेपाल विजयी भएकोछ । रोहित कुमार पौडेकोे उत्कृष्ट ब्याटिङ र सोमपाल कामीको कसिलो कलिङको मद्दतले नोपल विजयी भएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी रोहित कुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा अर्धशतक पुरा गर्ने खेलाडीको रेकर्ड बनाएका छन् । उनले २३ वर्ष अघि पाकिस्तानका शहिद अफ्रिदीले बनाएको रेकर्डलाई तोड्दै आफ्नो नाममा गरेका छन् ।
निर्माण सम्पन्न भएको ५९ वर्ष पछि पहिलो पटक रौतहटका किसानको खेतमा गण्डक नहरले सिंचाई सुविधा उपलब्ध गराउने भएको छ।
युएईसँगको जारी एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो एकदिवसीय खेलमा रोहित कुमार पौडेलले अर्धसतकको मद्दतले नेपालले युएईलाई २ सय ४३ रनको लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गनै निर्णय गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ४२ रन जोड्यो ।
पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बद्ली र वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्वीजरल्याण्ड भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री केपीशर्मा ओलीलाई कालो झन्डा देखाउने नेविसंघका पाँच जना नेता पक्राउ परेका छन् ।
युएई टुरमा रहेको नेपालले शनिबार युएईसँग एकदिवसीय सिरिजको दोस्रो खेल खेल्दैछ । एकदिवसीय र टी-२० सिरिजका लागि युएई टुरमा रहेको नेपालले शनिबार दोस्रो एकदिवसीय खेल खेल्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्वदेश फर्किदै छन् । स्वीट्जरल्याण्डमा भएको विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भएर उनी आज बिहान स्वदेश फर्किन लागेका हुन् ।
उदयपुरको कटारीबाट सोरुङछबीमातर्फ जाँदै गरेको ग१ज ४८४६ नंको बोलेरो जिप कटारी नगरपालिका–११ को बेतीनीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।
मंगलबारदेखि मौसममा अकस्मात देखिएको फेरबदलका कारण शुक्रबार रातिदेखि नै पानी परेको छ ।
विवेकशील साझा पार्टीको काठमाडौं घोषाणापत्र जारी गर्दै राष्ट्रिय सन्देश भेला सम्पन्न भएको छ। भेलाले पार्टीलाई कल्याणकारी लोकतन्त्रको दिशामा डोर्याउँदै, अझ सुदृढ, रचनात्मक र एकतावद्ध बनाई नेपालको राजनीतिक र संवृद्धिमुखी रूपान्तरणलाई सुनिश्चित गर्न दृढता र प्रतिवद्धताका साथ अगाडि बड्ने निर्णय गरेको छ।
लोकतान्त्रीक शासन प्रणालीमा कुनै परिवार तथा बंशको वरीपरी शासन व्यवस्था केन्द्रित हुनु अस्विभाविक मानिनु पर्ने हो। विश्व राजनीतिलाई सैद्धान्तिक रुपमा व्याख्या गर्नेहरुको परिभाषामा रक्त सम्बन्ध वा वंशगत सम्बन्धबाट उत्तराधिकारी बन्ने र बनाउने राजनीतिले लोकतन्त्रको आधारभूत सिद्धान्तलाई मिचेको निष्कर्ष निकाल्छन्।
जनकपुरमा साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ। मैथिली विकास कोषले जनकपुरमा कला, साहित्य तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्न लागेको हो।
सनी लियोन र हनी सिंहले ‘चार बोतल भोट्का’ गीतको नृत्य मार्फत कुनै जवाना तहल्का पिटेका थिए। यो जोडि फेरी ‘झुठा कही का’ मार्फत तहल्का मच्चाउने दाउमा छ। उनीहरुको जोडिले उक्त म्युजिक भिडियोमा अभिनय गरेको छ।
सुबिन भट्टराई ! सबैको मनमा बस्न सफल किशोर पुस्ताको प्रिय लेखक। जसको साहित्यको रापमा मज्जैले रापिन्छ युवा पुस्ता पनि । भट्टराईका 'कथाकी पात्र'देखि प्रिय सुफीसम्म उत्तिकै प्रिय छन्। पछिल्लो पुस्ताका चर्चित युवा लेखक भट्टराईका 'समर लभ', 'साया', 'कथाकी पात्र', 'मनसुन' र 'प्रिय सुफी' लगायतका चर्चित कृति प्रकाशित छन्। भट्टराईका सबै कृतिले युवाको मन जित्ने गरेका छन्। उनको पात्र रोजाइ र कथावस्तुले नै युवाको मन जित्ने गरेको हो। सरलीकरण भट्टराईको लेखनको विशेषता हो। सुबिनका कथाका विषय माया–प्रेम नै हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४