सोमबार, जेठ १८, २०८३

झापामा एक वर्षामा ६ सय ५७ सवारी दुर्घटना

झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ। कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

झापा- झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ। कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए।

National life

झापामा आर्थिक वर्ष २०७६/७७ मा २ सय ३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७/७८ मा करिब तीन गुणा बढी अर्थात् ६ सय ५७ सवारी दुर्घटना भएको प्रसनि खड्काले जानकारी दिए।

आव २०७६/७७ मा दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको थियो भने २६७ जना घाइते भएका थिए। त्यस्तै आव २०७७/७८ मा सवारी दुर्घटनामा परी ९३ जनाको मृत्यु भएको छ भने एक हजार ६५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आव २०७७/७८ मा तीन करोड ६९ लाख ५३ हजार ५०० राजश्व सङ्कलन गरेको छ। ट्राफिक नियम उलंघन गर्ने बस, ट्रक, ट्र्याक्टर, कार, मोटरसाइकल, टेम्पोलगायतका ५३ हजार १०० सवारी साधनलाई कारबाही गर्दा उक्त रकमको राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ। रासस

प्रकाशित: Aug 17, 2021| 07:30 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।