बिहीबार, साउन १४, २०८३

बृद्धा सासुले गरिन बुहारीको काजकिरिया

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी – हिन्दू संस्कारमा महिलाले दागबक्ती दिनु र किरिया बस्नु त परकै कुरा हो मसानघाटसम्म जान हुँदैन भन्ने मान्यता समाजमा व्याप्त रहेका बेला अछाममा भने एक बृद्धा परम्परालाई चिर्दै बुहारीको किरिया बसेकी छन्। 

चट्याङ लागेर ज्यान गुमाएकी पञ्चदेवल विनायक नगरपालिका–७ की २२ वर्षीया धनादेबि रावलको किरिया उनकी सासु ६१ वर्षीया लालमती रावलले गरेकी हुन्। ‘बुहारीको शबमा दागबत्ती दिनेदेखि किरिया बस्ने काम बृद्ध सासुले गरेकी छन्’ स्थानीय राम भण्डारीले भने, ‘लालमतीले बुहारीको काजकिरिया आफैं गरेकी हुन्।’ यसअघि मसानघाटसम्म नपुग्ने महिला सासु किरिया बस्ने भनेपछि ६–७ महिला पनि मसानघाट पुगेका थिए। 

लालमतीका एक्लो छोरा राम रावल दुई वर्ष पहिले अर्को बिहे गरेर भारत गएको बुझिएको छ। श्रीमानले अर्को बिहे गरेर भारत गएपछि पाँच बर्षको छोरा र तीन वर्षको छोरी पालेर बृद्ध सासुको स्याहार गर्दै बसेकी धनाको बुधबार चट्याङ लागेको र शुक्रबार राती घरमै ज्यान गएको हो। मृतकको पाँच बर्षको छोरा किरिया बस्न नसक्ने र घरमा अरु पुरुष कोहि नभएपछि सासुले नै किरिया बस्नु परेको स्थानीय तपेन्द्र रावलले बताए। ‘मृतकका कान्छा ससुरातर्फबाट जेठाजुहरु भए पनि जेठाजुले बुहारीको शरिरमा छुन नमिल्ने भएकाले किरिया पनि बस्न मिलेन’ रावलले भने, ‘श्रीमान भारतमा हुँदा सासुले नै किरिया बस्नु परेको हो।’ 

समाजमा सासु र बुहारीबिचको सम्बन्ध प्राय राम्रो नहुँने गरेकोमा एक महिलाले बुहारीको किरिया गर्नुलाई गाउँमा धेरैले नयाँ सामाजिक परिवर्तन भएको बताएका छन्। ‘सासु र बुहारीबिचमा प्राय राम्रो सम्बन्ध हुदैन,’ स्थानीय जनप्रतिनिधि बेदप्रकास तिमिल्सेनाले भने, ‘त्यहि समाजमा सासुले बुहारीको किरिया गर्नु भनेको किनै ठूलो करा हो।’ उनले यो घट्नालाई सासु बुहारीमा नराम्रो सम्बन्ध मात्र हुन्छ भन्ने कुरालाई चिरेको बताए।    

बुधबार बेलुकीपख गाउँकै देबकी आधारभूत विद्यालय नजिकैको सल्लाको रुखमा चट्याङ पर्दा बिजुलीको तारको माध्ययमले स्थानीयको घरभित्र चट्याङ पुगेको थियो। जसले गर्दा १९ जना घाइते भएका थिए। शुक्रबार दिउँसोसम्म आफै हिडडुल गर्ने धना एक्कासी गम्भिर भएपछि नजिकै स्वास्थ्य सस्था लैजादा बाटैमा ज्यान गएको हो। घट्नाका अन्य घाइतेलाई शनिबार नै मेयर देबराज देवकोटाले यातायातको व्यवस्था गरेर उपचारका लागि जिल्ला अस्पताल पठाएका थिए। लगातारको वर्षाका कारण घटनास्थलबाट घाइतेहरुलाई समयमै अस्पताल पु¥याउन नसकिएको स्थानीयले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।