शुक्रबार, साउन १५, २०८३

कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

 |  बुधबार, असोज ८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असोज ८, २०८२

जनकपुर । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

आज प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेश प्रदेश सरकारलाई कांग्रेसले दिएको समर्थन फिर्ता लिएको छ।'

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गर्नुभएको विज्ञप्तिमा आजका मितिदेखि लागू हुनेगरी कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ।

प्रकाशित: Sep 24, 2025| 19:13 बुधबार, असोज ८, २०८२
प्रतिक्रिया दिनुहोस्