सोमबार, असोज ६, २०८२

मन्त्रालयमै बस्छु, आफैं पकाएर पनि खान्छु : मन्त्री पुन

 |  सोमबार, असोज ६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, असोज ६, २०८२

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्।

Kumaribank

आज सोमबार शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर पुनले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणपछि बोल्दै उनले मन्त्री क्वाटर र सरकारबाट प्राप्त हुने सेवा नलिने भन्दै मन्त्रालयको गाडी पनि कामबाहेक अन्त प्रयोग नगर्ने बताएका छन्।

उनले भने, ‘मलाई मन्त्री क्वाटर चाहिंदैन्। सचिवज्यूलाई म अहिले नै के निर्देशन दिन चाहन्छु भने यही एउटा कोठा बनाउनु, त्यहाँ एउटा खाट भए पुग्छ। एउटा टेबुल र एउटा कुर्सी भए हुन्छ। म जहाँ गएपनि जुन ठाँउमा काम गरेको त्यही बस्ने बानी छ। म आफैं पकाएर खान पनि सक्छु। मैंले सुरक्षाकर्मीहरुलाई पनि भनेको छु, मन्त्रालयबाट बाहिर जाँदा मेरो पछि आउनु पर्दैन। मेरो आफ्नो गाडी नभएको हुँदा मन्त्रालयको गाडी भने आउनजान प्रयोग गर्छु। अन्त कतै जानको लागि मन्त्रालयको गाडी प्रयोग गर्दिन।’

यस्तै, उनले समितिहरू बनाउने कुरामा नाम मात्रको समिति नबनाउने भन्दै सानै काम भए पनि ठोस हुनुपर्ने बताए।

Metro Mart

उनले भने, ‘समिति मात्र बनाएर हुँदैन्। पहिला यसमा आर्थिक स्रोत खोज्नुपर्छ। सँधै मन्त्रालयमा अड्किने कुरा भनेको नै पैसा छैन भनेर हो। नाम मात्रको पनि समिति नहोस्। समिति बनाउने काम नगर्ने हाजिर गर्ने, दुई चार पटक मिटिङ बस्ने अनि जे कुरा पनि पैसाले रोकिने गर्नु भएन। म यो समितिको सदस्य भनेर भिजिटिङ कार्डमा राखेर मात्र भएन। जे काम गरे पनि ठोस हुनुपर्यो, चाहे सानै होस्।’

शिक्षा ऐनको बारेमा आफूलाई ज्ञान नभएको भन्दै यसबारे विज्ञहरुलाई इमान्दारिपूर्वक सुझाव दिनुपर्ने पनि उनको भनाई छ।

उनले भने, ‘शिक्षा ऐनको बारेमा केही थाहा छैन। यो कस्तो ऐन बनाएको हो थाहा छैन। त्यसको लागि विज्ञहरुको टोली बनाउछु। उहाँहरुले जस्तो सुझाव दिनु हुन्छ त्यो अनुसार अगाडि बढ्ने हो। सबै कुरा मैले भनेको हुनुपर्छ भनेर म भन्दिनँ। आज म सबैलाई आह्वान गर्छु विज्ञहरुलाई एकदमै इमान्दारिपूर्वक सुझाव दिनुहोस्। सबैको बुद्धि जम्मा पारेर अगाडि बढौं भन्ने हो।’

उनले विज्ञान मन्त्रालयले अझसम्म केही काम गर्न नसकेको भन्दै अब ६ महिनामा केही न केही काम भने गर्ने पनि बताए।

प्रकाशित: Sep 22, 2025| 17:23 सोमबार, असोज ६, २०८२
प्रतिक्रिया दिनुहोस्