आइतबार, भदौ २१, २०८३

सभामुख र उपसभामुखद्वारा संसद् भवन निरीक्षण

 |  बिहीबार, असोज २, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २, २०८२

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा उपसभामुख इन्दिरा रानाले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा आगलागी भएको नयाँ बानेश्वरस्थित संसद् भवनको आज निरीक्षण गरेका हुन्।

निरीक्षण पश्चात् सञ्चारकर्मीसँग सभामुख घिमिरेले जनधनको क्षति हुने घटना भएकामा दुःख व्यक्त गरे। उनले भने, 'राज्यलाई सबै नेपाली जनताले उठाउनुपर्छ।' त्यसैगरी उनले अन्तरिम सरकारले वर्तमान समस्या समाधान गरी अगाडि बढ्नुपर्ने धारणा राखे। 

नेपालको संविधानको धारा ९१ (६) (क) अनुसार प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाको सभामुख र उपसभामुख प्रतिनिधि सभाको लागि हुने अर्को निर्वाचनको उम्मेद्वारी दाखिल गर्ने अघिल्लो दिनसम्म पदमा बहाल रहने उल्लेख छ।

प्रकाशित: Sep 18, 2025| 17:37 बिहीबार, असोज २, २०८२
प्रतिक्रिया दिनुहोस्