शुक्रबार, जेठ २९, २०८३

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

 |  बिहीबार, असोज २, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २, २०८२

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास (भारततर्फ) अवस्थित रहेको बताएको छ। तर नेपालको मौसम प्रणालीमा अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको महाशाखाको भनाइ छ।

National life

महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर साधारणतया बदली रहनेछ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार राति देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

Shivam cement

प्रकाशित: Sep 18, 2025| 08:21 बिहीबार, असोज २, २०८२
प्रतिक्रिया दिनुहोस्