काठमाडौं – विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले अब कांग्रेस र कम्युनिस्टको मुटु हल्लिने गरी संगठन निर्माण अभियान अघि बढाउने घोषणा गरेका छन्। विवेकशील समूह अलग भएपछि शनिबार आयोजित राष्ट्रिय सन्देश भेलालाई सम्बोधन गर्दै मिश्रले यस्तो घोषणा गरेका हुन्।
उनले आगामी महाधिवेशनपछि विवेकशील साझा वैकल्पिक शक्तिका रुपमा स्थापित हुने विश्वास ब्यक्त गरे। महाधिवेशन २०७६ फागुन १५ देखि १९ हुनेगरी मिति तय भइसकेको छ।उनले अब जनतामाझ पार्टीको भावी योजना लगेर जाने बताए।
‘संगठन र अभियान पार्टीका दुई खम्बा हुन्’, उनले भने, ‘हामी संगठन निर्माण र अभियान जनतामाझ सँगसँगै लैजाने छौं। महाघिवेशन पछि ठुला भनिएका दलहरुको मुटु काम्ने छ।’
विवेशशिल साझाका प्रवक्ता सुर्यराज आचार्यले आफूहरुको पार्टी बैकल्पिक शक्ति भएरै छाड्ने दावी गरे। यस्तै पार्टीका संगठन बिभाग प्रमुख मुमाराम खनालले पार्टीबाट छुटेर गएका साथीहरुलाई फर्किन आग्रह गर्दै पहिले भन्दा बढी स्थान दिने बताए।अर्का नेता केशव दाहलले नमिल्ने मान्छेहरुसँगको सहकार्य र संगतले संठन निर्माणमा अवरोध पुगेको प्रतिक्रिया दिँदै अब संगठन बिस्तार र पार्टी निर्माणको कार्यले सगरमाथा चढ्ने बताए।
भेलामा सातै प्रदेशका जिल्लाहरुबाट करिव ५ सय प्रतिनिधिले सहभागीता जनाएका थिए। भेला आइतबारसम्म चल्ने छ। दुई दिन हुने छलफलको निर्णय भोली पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले विवेकशील साझाले जनाएको छ। पार्टी विभाजन पछि देखिएको अन्योलता र बाहिर गएको गलत सन्देशलाई चिर्नका भेलाले महत्वपूर्ण भूमिका खेल्ने नेताहरुको विश्वास छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४