काठमाडौं– युएईसँगको जारी एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो एकदिवसीय खेलमा रोहित कुमार पौडेलले अर्धसतकको मद्दतले नेपालले युएईलाई २ सय ४३ रनको लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गनै निर्णय गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ४२ रन जोड्यो ।
नेपालका लागि ५८ बल खेल्दै ७ चौकाको मद्दतमा ५५ रन जोडे । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल अर्धसतक बनाउनबाट ६ रनले चुके । उनले ६१ बल खेल्दै ४ चौकाको मद्दतमा ४४ रन जोड्दा जाहुर खानको बलमा क्याच आउट हुन पुगे ।
आरिफ सेखले २९ रन जोड्दा कप्तान पारस खड्का र विनोद भण्डारीले समान २१-२१ रन जोडे । करन केसीले १८, सन्दीप लामिछानेले १४ र दिपेन्द्र सिंह ऐरी १० रनमा आउट हुँदा पवन सराफ ८ रनमा आउट भए ।
युएईका लागि इमरान हैदर र आमीर हायातले समान तीन तीन विकेट लिँदा आसफ अहमाद, मोहमद नाभिद र जाहुर खानले समान एक एक विकेट लिए । सिररिजको पहिलो खेल गुमाएको नेपालाई सिरिज जित्नका लागि यो खेल जित्नै पर्ने दबाब छ । नेपाल सिररिजको पहिलो खेलमा युएईसँग ३ विकेटले पाजित भएको छ ।
पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसँगको दोस्रो खेल नजिते सिरिज जित्ने सपना विफल हुने छ । यो खेलमा जित निकाले नेपालले सिरिज १-१ को बराबरी गर्नेछ । र, सिरिज जित्ने आशा जीवितै राख्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४