बिहीबार, कात्तिक १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • शोक दिवस मनाउने र मृतक परिवारलाई किरिया खर्च उपलब्ध गराउने गृह मन्त्रालयको निर्णय

शोक दिवस मनाउने र मृतक परिवारलाई किरिया खर्च उपलब्ध गराउने गृह मन्त्रालयको निर्णय

 |  सोमबार, भदौ ३०, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ३०, २०८२

काठमाडौं- गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। 

Machhapuchchhre

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गरेका छन्। मन्त्री अर्यालले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन्। 

आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्‍याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए।  

मन्त्री अर्याललाई मन्त्रालयमा गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त राष्ट्रिय अनुसन्धान निर्देशकलगायतले स्वागत गरेका थिए।

प्रकाशित: Sep 15, 2025| 04:08 सोमबार, भदौ ३०, २०८२