आइतबार, भदौ २१, २०८३

नवनियुक्त तीन मन्त्रीको शपथग्रहण आज हुँदै

 |  सोमबार, भदौ ३०, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ३०, २०८२

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले सानो आकारको मन्त्रिमण्डल बनाएकी छन्।

पदभार ग्रहण गरेकै दिन उनले तीन अलगअलग क्षेत्रका प्रतिष्ठित व्यक्तिको नाम मन्त्रीका लागि टुंगो लगाएकी हुन्।

अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्यालले गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्।

पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालय सम्हाल्ने भएका छन्।

यस्तै कुलमान घिसिङले तीनवटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनले अब भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालय उनले सम्हाल्नेछन्।

नवनियुक्त मन्त्रीहरुको शपथ आज (सोमबार) हुने बताइएको छ।

प्रकाशित: Sep 15, 2025| 07:04 सोमबार, भदौ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्