शनिबार, मंसिर २०, २०८२

सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा कुटाकुट

 |  आइतबार, भदौ २९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २९, २०८२

काठमाडौं। जेनजीका विषयमा भइरहेको विवाद लगायतका विषयमा ‘हामी नेपाली’ नामक संस्थाले रिपोटर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुटाकुट भएको छ।

National life

आइतबारको पत्रकार सम्मेलनका क्रममा हामी नेपाल नामक संस्थाका सुदन गुरुङले धारणा राखिरहँदा विवाद भएको थियो।

मृतकको परिवारसँग बसेर सुदनले मिडियासँग साक्षात्कार गरिरहेका थिए। पत्रकारले सोधेका प्रश्नहरुको उत्तर दिइरहेका थिए।

तर, अचानक उनलाई बाहिरबाट प्रेस मिटमा छिरेका व्यक्तिले सोध्छन्, ‘ठूलो परिवर्तन भयो भन्नुभयो, आज प्रधानमन्त्रीले पदभार ग्रहण गर्नुभएको छ। ५१ जना मान्छे मारेर ल्याएको परिवर्तन यो ६ महिने अन्तरिम सरकारका लागि हो ? प्रत्यक्ष कार्यकारीको मुद्दा कहाँनेर तपाईंहरुले कार्यान्वयन गर्न सक्नुभएको छ ? तपाईंहरुले सदन विघटन गर्नुभयो, त्यसको असर कहाँ पुगेको छ तपाईहरुलाई ?’

यसपछि सुदनले सोध्छन्, ‘कहाँसम्म पुगेको छ, हजुर नै भन्नु न त।’

Laxmi sunrise bank
kumari

प्रश्नकर्ताले भन्छन्, ‘अब केही पनि हुँदैन, छ महिनापछि तिनै नेता आउँछन्।’ सुदनले भन्छन्, ‘हामी फेरि आन्दोलन गर्छौ। आउनै दिन्नौं। नेताहरुलाई घरबाट निस्कनै दिन्नौं।’ सुदन यतिमै रोकिँदैनन्, ‘एक छिन ल गाइज’ भन्दै थप्छन्, ‘मैले मान्छे मारेको होइन नि त।’

प्रश्नकर्ताको प्रश्नले सुदन रिसाउँछन्। चिच्याउँदै बोल्छन्, ‘८० वर्षको इतिहासमा यो परिवर्तन भएको छ, के यो परिवर्तन होइन रु आगलागी हामीले गरेको हो ? हामीले सुरुवात होइन, अन्त्य चाहिँ गरिदिएको हो।’ यसपछि प्रेसमिटमा हंगामा मच्चिन्छ। सबै मान्छे आ–आफ्नै सुरमा बोल्न सुरु गर्छन्। सुदन पोडियमबाट बाहिरिन्छन्।

यसैगरी उनले आफू नेपालको छोरा भएकोले भारतीय भन्ने काम नगर्न चेतावनी दिएका छन्। उनले सुरुमै भने,‘तपाईंको भारतीय फेक सुदन गुरुङ यही हो। फेक भारतीय सुदन गुरुङ है, म नेपालको छोरो हो। मलाई भारतीय भन्ने काम नगर्नुहोला। कुनै मिडिया, कुनै व्यक्तिले मेरो प्रतिष्ठामा प्रहार गर्ने काम नगरिदिनु, प्लिज। म एउटामात्रै झण्डको मुनि छु अहिलेसम्म, त्यो मेरो देशको झण्डा हो। कहिले भारतीय भन्या छ, कहिले के भन्या छ, कहिले बारबरा फाउण्डेशन, कहिले फ्रि–तिव्बत भन्छ, कहिले चाईजिन भन्छ। हो, मेरो आँखा त त्यस्तै छ।’

प्रकाशित: Sep 14, 2025| 19:24 आइतबार, भदौ २९, २०८२
प्रतिक्रिया दिनुहोस्