आइतबार, भदौ २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • जेन-जी आन्दोलनमा मृत्यु भएकालाई शहीद र मृतकका परिवारलाई १० लाख दिने सरकारको घोषणा

जेन-जी आन्दोलनमा मृत्यु भएकालाई शहीद र मृतकका परिवारलाई १० लाख दिने सरकारको घोषणा

 |  आइतबार, भदौ २९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २९, २०८२

vianetvianet

काठमाडौं- भदौ २३ र २४ गते काठमाडौं लगायत देशभर भएको प्रदर्शन क्रममा मृत्यु भएकाहरूको परिवारलाई १०/१० लाख दिने निर्णय भएको छ। आइतबार प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा सो निर्णय भएको जानकारी दिइएको हो। 

Kumaribank

प्रदर्शन क्रममा मृत्यु भएकाहरूले सहिद घोषणा गर्ने निर्णय गरेको पनि जानकारी दिइएको छ। 

प्रदर्शन क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गरिने पनि कार्यक्रममा जानकारी दिइएको छ। जेनजीको आह्वानमा भएको प्रदर्शन क्रममा गत सोमबार प्रदर्शनकारीहरू संसद भवन घेर्न पुग्दा सुरक्षाकर्मीले गोली चलाएको थियो। 

प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ। त्यसमध्ये ५९ जना प्रदर्शनकारी,१० जना कैदी र ३ जना प्रहरी कर्मचारी रहेको पनि जानकारी दिइएको छ। 

त्यस्तै १३४ जना प्रदर्शनकारी र ५७ प्रहरी गरी १९१ जनाको उपचार भइरहेको छ। 

Metro Mart

प्रकाशित: Sep 14, 2025| 14:21 आइतबार, भदौ २९, २०८२
प्रतिक्रिया दिनुहोस्