आइतबार, भदौ २१, २०८३

सुमनाले छोडिन् रास्वपा

 |  आइतबार, भदौ २९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २९, २०८२

काठमाडौं- नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गर्दै सुमना श्रेष्ठले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी छन्। 

आफूले पार्टीलाई गल्ती सुधार गर्न पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि पार्टी परित्याग गर्न बाध्य भएको श्रेष्ठले बताइन्। 

उनले लेखेकी छन्- कहिलै गल्ति नस्विकार्ने। गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने। पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो। यो स्विकार्य छैन। 
अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। I QUIT. मैले पार्टी छोडेँ।
कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस्। आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो। त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ। आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्।

प्रकाशित: Sep 14, 2025| 13:38 आइतबार, भदौ २९, २०८२
प्रतिक्रिया दिनुहोस्