बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालले गुमायो दोस्रो विकेटकोरुपमा ज्ञानेन्द्र मल्ल

नेपालले गुमायो दोस्रो विकेटकोरुपमा ज्ञानेन्द्र मल्ल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- युएईमा एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय सिरिज खेली रहेको नेपालले आफ्नो जारी दोस्रो एकदिवसीय खेलमा दोस्रो विकेट गुमाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर द्धोय विनोद भण्डारी र ज्ञानेन्द्र मल्ललाई गुमाएको छ ।

नेपालले पहिलो विकेटको रुपमा विनोद र दोस्रो विकेटको रुपमा ज्ञानेन्द्रलाई गुमाएको हो । १५.३ ओभर ६१ रन पुग्दा पहिलो विकेट गुमाएको नेपालले लगत्तै १८‍‍.३ ओभर ७० रन पुग्दा दोस्रो विकेट गुमाएको हो ।

४४ रनमा खेलिरहेका ज्ञानेन्द्र जाहुर खानको बलमा क्याच आउट भए । उनले ६१ बल खेल्दै ४ चौकाको मद्दतमा ४४ रन जोडे । यसअघी २१ रनमा खेलिरहेका भण्डारी आमिर हायातको बलमा क्याच आउट भए ।

उनले ४६ बल खेल्दै २ चौकाको मद्दतमा २१ रन जोडेका हुन् । सिररिजको पहिलो खेल गुमाएको नेपालाई सिरिज जित्नका लागि यो खेल जित्नै पर्ने दबाब छ । नेपाल सिररिजको पहिलो खेलमा युएईसँग ३ विकेटले पाजित भएको छ । 

पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसँगको दोस्रो खेल नजिते सिरिज जित्ने सपना विफल हुने छ । यो खेलमा जित निकाले नेपालले सिरिज १-१ को बराबरी गर्नेछ । 

र, सिरिज जित्ने आशा जीवितै राख्ने छ ।नेपालले पहिलो विकेटको रुपमा विनोद भण्डारीलाई गुमाएको छ । विनोद ४५ बलमा २१ रन जोड्दै आउट भए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।