काठमाडौं- स्वीजरल्याण्ड भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री केपीशर्मा ओलीलाई कालो झन्डा देखाउने नेविसंघका पाँच जना नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य शुसिल भट्ट, निरंजन थापा, फोरम फर टेक्नीकल युनियनका अध्यक्ष सुवास घिमिरे, सुदिप अधिकारी लागायत छन् । पक्राउ परेका पाँचैजनालाई एयरपोर्टको प्रहरी हिरासतमा राखिएको छ ।
नेपाल बिद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेका अनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट जबरजस्ती पास गरिएको, १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारा पत्ता लागाउन नसकेको भन्दै उनीहरुले प्रधानमन्त्री ओलीलाई विमानस्थलमै कालो झन्डा देखाएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४