बिहीबार, साउन १४, २०८३

डा केसीको जीवन रक्षाका लागि युवा थाले सामुहिक अनसन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुनसरी- डा गोविन्द केसीको जिवन रक्षाको माग गदै इटहरीका युवाहरु सामुहिक अनसनमा बसेका छन् ।

लिवरल सोसाइटी इटहरीको आयोजनामा १६ जना युवाले केसीको समर्थन इटहरीको मुख्य चौकमा २४ घण्टे अनसन थालेका हुन । डा केसीले उठाएका माग जायज रहेको भन्दै युवाहरुले उनको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन अनसन बसेको युवा प्रमोद भट्टराईले जानकारी दिए ।

सरकारले पारित गरेको चिकित्सा शिक्षा विद्येयक माफियाको अनुकुलमा बनेको बताउदै केसीका माग जनताको हितको लागी भएको बताउदै उनको अनसनलाई सरकारले गम्भीर रुपले लिनुपर्ने युवाहरुले बताएका छन् ।

 युवाहरुको समुहले चौक परिक्रममा गरी इटहरीको मुख्य चौकमा रहेको रेउकाइ चौतारी बसेर भोली बिहान १० बजेसम्म अनसन बस्ने बताइएको छ । अनसनमा स्वतस्र्फुत अन्य युवाहरु पनि बस्ने बताइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।