आइतबार, भदौ २१, २०८३

अहिलेसम्म गरेका गल्तिका लागि माफी माग्छु- गगन थापा

 |  बिहीबार, भदौ २६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २६, २०८२

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेसम्म गरेका गल्तीका लागि माफी माग्दै सुध्रिने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिहीबार भिडिओ सन्देशमा थापाले स्थितिलाई सम्हाल्नुपर्ने भन्दै आफुले गरेका प्रयासमा सफल हुन नसकेको भन्दै माफी मागेका हुन्। उनले जेनजी युवाहरुलाई संविधानको निरन्तरताका बारेमा ख्याल राख्न आग्रह गर्दै संबिधान भन्दा बाहिर गएर समाधान नखोज्न आग्रह गरेका हुन्।

उनले भनेका छन्- ‘यो संविधानलाई कायमै राखेर यसभित्र संशोधन र परिमार्जन गरौं, तपाईंहरूले भनेअनुसार गरौं। तपाईंहरूले चलाउने हामी पार्टी सुधार गर्न लाग्छौं, नेतृत्व परिवर्तन गर्न लाग्छौं। तर संविधानभन्दा बाहिर गएर समाधान खोज्न थालियो भने अहिले एकछिन त होला केही समयपछि सम्हाल्न नसक्ने हुन्छ।’

थापाले सामाजिक सञ्जाल बन्द हुना साथ आफुले पार्टीमा, सरकारलाई यसो नगर्न र तुरुन्त सामाजिक सञ्जाल खोल्न आग्रह गरेपनि आफ्नो कुरा कसैले नमानेको बताएका छन्।

प्रकाशित: Sep 11, 2025| 13:40 बिहीबार, भदौ २६, २०८२
प्रतिक्रिया दिनुहोस्