बिहीबार, साउन १४, २०८३

ओली-महतोबीचको अनौठो ‘कनेक्सन’?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुर- नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो नेपालको राजनीतिमा चर्चित अनुहार हुन् । आफ्ना तिखो वचनका कारण प्रायः चर्चामा रहने नेता हुन् केपी र राजेन्द्र ।

तेस्रो मधेस आन्दोलनका बेला यी नेताले एकअर्काप्रति गरेको विषवमन धेरैलाई जानकारी भएको कुरा हो । त्यतिबेला ओली मधेस आन्दोलनको विरोध गरेर आफूलाई राष्ट्रवादी साबित गर्न तल्लीन थिए भने महतो उग्र मधेसवादको नारा दिँदै आफूलाई मधेस र मधेसीका हिमायती सिद्ध गर्दै थिए ।

खास गरेर मधेस आन्दोलन चलिरहेको बेला ओलीको निसानामा पर्ने गरेका थिए, राजेन्द्र । यसैगरी महतोले पनि आफूले सकेसम्म केपीलाई कट्टर मधेस विरोधी साबित गर्न कुनै कसर बाँकी राखेनन् । 

अन्ततः ओलीलाई उग्रराष्ट्रवाद र महतोलाई उग्रमधेसवादको लाभ प्राप्त भयो विगत प्रतिनिधिसभा निर्वाचनमा । ओली अहिले मुलुकको प्रधानमन्त्री छन् भने महतो प्रतिनिधिसभा सदस्य ।
दुवैजना एक अर्काका वास्तविक विरोधी हुन् वा यी सबै कुरा रणनीतिक रूपमा भएको थियो भन्दै अहिले प्रश्न उठ्न थालेको छ । खास गरेर रेशम चौधरीको शपथग्रहण प्रकरणले दुई नेताबीचको व्यक्तिगत सम्बन्धबारे शंका उत्पन्न भएको हो । 

हत्या आरोपमा जेलमा रहेका रेशमलाई शपथग्रहण गराउन राजपाले भग्मदुर प्रयास ग¥यो । राजपाका तत्कालीन संयोजक महन्थ ठाकुरलगायत अध्यक्षमण्डलका सदस्यहरु रेशमलाई शपथग्रहण गराउन माग गर्दै पटकपटक बालुवाटार पुगे । राजपा नेताहरूले उनको शपथग्रहण नगराइए सरकालाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जान बाध्य हुने घुर्की प्रधानमन्त्री ओलीलाई थिए । ओलीसहित नेकपाका नेताहरूले हत्या अभियोग लागेका व्यक्तिलाई शपथग्रहण गराउन नसकिने तर्क दिएर पन्छिन खोजे ।

तर, महतो दुई महिनाका लागि राजपाका संयोजक बनेलगत्तै रेशमको शपथग्रहण भयो । यद्यपि शपथग्रहण भए पनि रेशमले भने अझै संसद् भवन पुग्न पाएका छैनन् । 

प्रतिनिधिसभा निर्वाचनपछि झन्डै एक वर्ष अध्यक्षमण्डलका संयोजक रहेका महन्थले गराउन नसकेको रेशमको शपथग्रहण महतो संयोजक बनेको केही दिनभित्रै भइहाल्यो । यो घटनाले महतोको ओलीसँगको व्यक्तिगत सम्बन्ध प्रगाढ रहेको विश्लेषण गर्न थालिएको छ ।

राजपा अध्यक्षमण्डलका सदस्यमाझ अलि ‘सफ्ट कर्नर’ का भनिएका महन्थलाई असफल देखाउन महतो र ओलीको रणनीति तहत रेशमको शपथ गराइएको हुन सक्ने राजपाकै कतिपय कार्यकर्ताहरुको बुझाइ छ । 

‘शपथग्रहण गराइएपछि रेशम चौधरीलाई संसद्मा बस्ने वातावरण बनाइनु पर्दथ्यो,’ राजपाका एक नेताले भने, ‘तर यस्तो कस्तो सहमति भएको हो ? शपथग्रहण गरेलगत्तै फेर जेलमै बस्नुपर्ने । सस्तो लोकप्रियताका लागि यस्तो गरिएको हो ।’

कानुनले रोकेको थिएन भने एक वर्षसम्म रेशमको शपथ किन गराइएन ? र, संसद्मा बस्नै नसक्ने गरी अहिले कुन कानुनअनुसार शपथ गराइएको हो प्रश्न उठिरहेको छ । संयोजक बनेको दुई महिने कार्यकालमा राजेन्द्रले पार्टीभित्र आन्तरिक उपलब्धि खासै पाउन नसके पनि रेशमलाई शपथग्रहण गराएर आफू निकटका नेता कार्यकर्ताबीच राम्रै चर्चा पाएका छन् ।

संविधान संशोधनको जगमा ओली नेतृत्वको सरकारलाई समर्थन दिएको राजपाले बताउँदै आएको छ । संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी उसले पटकपटक दिँदै आएको छ । स्वयं राजेन्द्रले पनि यो चेतावनी नदिएका होइनन् । 

सरकार बनेको एक वर्ष पुग्नै लाग्दा संविधान संशोधनको खासै पहल भएको देखिँदैन । तर सरकारबाट समर्थन फिर्ता लिने आँट राजपाले देखाउन सकेको छैन । यसको प्रमुख कारण पनि ओली र राजेन्द्रको निकटता मान्ने गरिएको छ ।

सैद्धान्तिक र वैचारिक मतभित्रता रहे पनि आवश्यकताअनुसार परिवर्तन हुन सकिने राजनीतिको सिद्धान्त रहेझैँ राजनीतिक रुपमा दुवैजना एक अर्काका विरोधी देखिए पनि व्यक्तिगत रूपमा असल मित्र रहेको जानकारहरू बताउँछन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।