शनिबार, मंसिर २०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • जेन-जी आन्दोलनले उन्नत लोकतन्त्रको माग गर्यो, संविधान अनुसार नै पुरा गरौं- प्रचण्ड

जेन-जी आन्दोलनले उन्नत लोकतन्त्रको माग गर्यो, संविधान अनुसार नै पुरा गरौं- प्रचण्ड

 |  बिहीबार, भदौ २६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २६, २०८२

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको बताएका छन्।

National life

प्रचण्डले जेनजी युवाहरुलाई सम्बोधन गर्दै गरेको अपिलमा जेनजी पुस्ताका युवाहरूको आवाजलाई बर्बर तरिकाले कुल्चिन सरकारले भयानक नरसंहार मच्चाएको उल्लेख गर्दै आन्दोलनभित्र घुसेर प्रतिगामी तत्वहरुले तोडफोड, आगजनी र विध्वंसमार्फत बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउने धृष्टता गरिरहेको बताएका छन्।

उनले लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै भएको बताउदै जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा नै थियो भनेका छन्। प्रचण्डले जेनजी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा आफुहरु विश्वस्त रहेको उल्लेख गरेका छन्।

प्रकाशित: Sep 11, 2025| 10:05 बिहीबार, भदौ २६, २०८२
प्रतिक्रिया दिनुहोस्