बिहीबार, साउन १४, २०८३

विवेकशील साझाको राष्ट्रिय भेला सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विवेकशील साझाले पार्टी विभाजनपछि पहिलो पटक राष्ट्रिय सन्देश भेलाको आयोजना गरेको छ । 

शनिबारबाट वानेश्वरको एक पार्टी प्यालेसमा सुरु भएको भेलामा पार्टीको अबको रणनीति, विभाजनको कारण र भावी कार्यदिशाको विषयमा छलफल हुने भएको छ । भेलामा सातै प्रदेशका जिल्लाहरुबाट करिव ५ सय प्रतिनिधि सहभागी भएको पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले जानकारी दिए । 

भेला शनिबार र आइतबार चल्ने छ । दुई दिन हुने छलफलको निर्णय भोली पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले बताए । 

प्रवक्ता आचार्यले भेलापछि पार्टी नयाँ सन्देश बोकेर जनता माझ पुग्ने बताए । उनले पार्टी विभाजनका विषय पछि देखिएको अन्योलता र बाहिर गएको गलत सन्देशलाई चिर्नका लागि भेलाले महत्वपूर्ण भूमिका खेल्ने उनको दावी छ ।

विकेशिल साझाको यो भेलालाई पहिलो महाधिवेशको तयारीका रुपमा समेत हेरिएको छ ।  २०७६ फागुन १५ देखि १९ सम्म महाधिवेशन गर्ने भनि यसअघि नै घोषणा गरिएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।