बुधबार, भदौ २५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • युवा पुस्ताका मागलाई संविधानसम्मत सम्बोधन गर्न राष्ट्रपतिलाई एमालेको ध्यानाकर्षण

युवा पुस्ताका मागलाई संविधानसम्मत सम्बोधन गर्न राष्ट्रपतिलाई एमालेको ध्यानाकर्षण

 |  बुधबार, भदौ २५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २५, २०८२

vianetvianet

काठमाडौं । नेकपा एमालेले युवा पुस्ताका मागलाई संविधानसम्मत रुपमा सम्बोधन गर्न आवश्यक पहलका लागि राष्ट्रपतिलाई ध्यानाकर्षण गराएको छ।

Kumaribank

बुधबार एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवालीले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर गर्न नहुने र समाधानका प्रत्येक प्रयासले लोकतन्त्रलाई थप सुदृढ गर्नुपर्छ भन्ने आफूहरूको मान्यता रहेको उल्लेख गरेका छन्।

उनीहरूले असामान्य स्थितिको लाभ उठाउँदै देशभरि भइरहेको लुटपाट, आगजनी र तोडफोड नियन्त्रण गर्न एवं जनताको जिउधनको सुरक्षा प्रभावकारी रुपमा गर्न नेपाली सेना लगायत सबै सुरक्षा अङ्गहरुलाई अपिल समेत गरेका छन्।

प्रकाशित: Sep 10, 2025| 20:57 बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्