आइतबार, भदौ २१, २०८३

भाटभटेनीमा लागेको आगो सेनाको अगुवाइमा निभाउन सुरु

 |  बुधबार, भदौ २५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २५, २०८२

झापा । यहाँको बिर्तामोड–३ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो २४ घण्टा बित्दासमेत नियन्त्रणमा नआएपछि सेनाले निभाउन सुरु गरेको छ।

सेनाको चारआलीस्थित अरिदमन गणको अगुवाइमा आगलागी निभाउने प्रयास भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। २४ गते मंगलबार अपराह्न ४ बजे भेला भएका केही व्यक्तिले भाटभटेनी सुपरमार्केट तोडफोड गर्दै आगजनी गरेका थिए । जसका कारण हिजोदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन।

बिर्तामोड नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नेपाली सेनाले भाटभटेनीमा लागेको आगो निभाउन सुरु गरेको हो। पाँचतले भवनको पहिलो तलाबाट नेपाली सेनाले आगलागी निभाउने प्रयास सुरु गरेको छ।

आगलागी हुँदा भएको क्षतिबारे अहिले भन्न नसकिने प्रजिअ अधिकारीको भनाइ छ। आगलागी निभाउने काम सुरु गरेसँगै नेपाली सेनाले पूर्वपश्चिम राजमार्गको भगवान् चोकपूर्वदेखि विर्तामोड बजार क्षेत्रसम्म आवतजावतमा पूर्ण रुपमा रोक लगाएको छ।

प्रकाशित: Sep 10, 2025| 19:40 बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्