बुधबार, वैशाख ९, २०८३

सेबास्टियन लेकोर्नु फ्रान्सको प्रधानमन्त्री नियुक्त

 |  बुधबार, भदौ २५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २५, २०८२

काठमाडौं । फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनले रक्षामन्त्री लेकोर्नुलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। सेबास्टियन लेकोर्नु राष्ट्रपति म्याक्रोनका नजिकका मानिन्छन्। उनले म्याक्रोनका धेरै मिसनहरू सफल बनाएका छन्।

National life

फ्रान्समा एक वर्षमा यो चौथो पटक प्रधानमन्त्री नियुक्त भएको हो। यसअघि सोमबार प्रधानमन्त्री फ्रान्कोइस बायरोले विश्वासको मत नपाएको कारण राजीनामा दिएका थिए।

गत वर्ष सेप्टेम्बरमा गेब्रियल एटलको राजीनामापछि मिशेल बर्नियर प्रधानमन्त्री बनेका थिए। डिसेम्बरमा राजीनामा दिएपछि बायरोले पदभार ग्रहण गरे। तर फ्रान्सको वित्तीय घाटा कम गर्न असफल भएका कारण उनको सरकार ढल्यो।

म्याक्रोनले नयाँ प्रधानमन्त्री लेकोर्नुलाई २०२६ को बजेट प्रस्तुत गर्ने र संसदबाट सहमति गराउने जिम्मेवारी सुम्पेका छन्। राष्ट्रपति म्याक्रोनले प्रधानमन्त्री लेकोर्नुले बजेटको लागि संसदका सबै दलहरूसँग परामर्श गर्ने बताएका छन्।

kumari

प्रकाशित: Sep 10, 2025| 18:50 बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्