शुक्रबार, जेठ २९, २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

 |  बुधबार, भदौ २५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २५, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। मंगलबार मध्याह्नदेखि बन्द भएको विमानस्थल बुधबार अपराह्नदेखि सञ्चालनमा आएको हो।

National life

बुधबार बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकको निर्णयअनुसार पुनः सञ्चालन गर्ने निर्णय भएको विमानस्थल कार्यालयले जनाएको हो।

यसअघि विषम परिस्थिति भन्दै कार्यालयले अनिश्चितकालका लागि विमानस्थल बन्द गर्ने निर्णय गरेको थियो। विमानस्थल आवागमन गर्ने यात्रुलाई आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गर्न समेत कार्यालयले अनुरोध गरेको छ।

‘हवाई उडानका लागि विमानस्थलमा आवागमन गर्नुहुने यात्रु महानुभावहरूले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन हुन समेत अनुरोध छ,’ कार्यालयको सूचनामा भनिएको छ।

Photo-(13)-1757507420.jpg

Shivam cement

प्रकाशित: Sep 10, 2025| 18:16 बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्