बिहीबार, साउन १४, २०८३

गाडी भित्रको अश्लिल भिडियो प्रहरी अनुसन्धानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- सार्वजनिक सवारी साधनभित्र भएको अश्लिल क्रियाकलापसम्बन्धीे भिडियोका विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान थालेको छ । 

प्रहरी प्रधान कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले सम्बन्धित एकाइबाट सुक्ष्म अनुसन्धान भइरहेकाले दोषी पत्ता लगाई कारवाही गर्ने बताए ।

प्रहरीले शुक्रबार एक विज्ञप्तिमार्फत हाल सामाजिक सञ्जालमा देखिएको अश्लिल भिडियोको सम्बन्धमा प्रहरीको गम्भीर ध्यानाकर्षण भएकाले घटनाको विषयमा स्पष्ट भएपछि सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ । 

महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले घटनाको अनुसन्धान शुरु भइसकेको जानकारी दिए । उनले सामाजिक सञ्जालमा आएको भिडियोको प्राविधिक पक्षबारे विश्लेषण भइरहेकाले अहिलेनै यकिन भन्न नसकिने बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।