शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारी सम्पति संरक्षण गर्ने जिम्मेवारी हाम्रै हो : अध्यक्ष लामिछाने

सरकारी सम्पति संरक्षण गर्ने जिम्मेवारी हाम्रै हो : अध्यक्ष लामिछाने

 |  मंगलबार, भदौ २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारी सम्पत्तिको क्षति राष्ट्रकै क्षति भएकाले संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै भएको बताएका छन्। उनले आज एक प्रेस अपिल जारी गर्दै हामी अब अत्यन्त संयमित भइ राष्ट्रका सम्पत्ति जोगाउन जरुरी रहेको स्पष्ट पारे।

National life

पूर्वउपप्रधानमन्त्री लामिछानेले अपीलमा भन्नुभएको छ, 'राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने प्रहरी, सुरक्षा निकाय, न्यायलयलगायत दस्तावेजहरू राष्ट्रका महत्त्वपूर्ण सम्पत्ति हुन्, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संवेदनशील दस्तावेजहरू नास हुनसक्छन्। जुन तपाईं हाम्रा लागि र यो देशका लागि अत्यन्त क्षतिपूर्ण हुन सक्छन्।'

उनले अहिले भएको आन्दोलन विसुद्ध जेनजीको भएकाले मुलुकको अबको नेतृत्व जेनजीकै मागअनुसार र जेनजीकै परिकल्पना अनुरूप अघि बड्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताएका छन्।

आन्दोलनमा ज्यान गुमाउनुहुने सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै अध्यक्ष लामिछानेले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

Shivam cement

प्रकाशित: Sep 09, 2025| 21:25 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्