शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय सम्पदा र संरचनाको संरक्षण गरौं, त्यो हाम्रो सम्पत्ति हो : महानायक हमाल

राष्ट्रिय सम्पदा र संरचनाको संरक्षण गरौं, त्यो हाम्रो सम्पत्ति हो : महानायक हमाल

 |  मंगलबार, भदौ २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

काठमाडौं । महानायक राजेश हमालले देशमा चर्किएको जेन-जी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनका क्रममा राष्ट्रिय सम्पदा र संरचनाहरुको संरक्षण गर्न युवाहरुलाई अपिल गरेका छन्।

National life

हाल अस्ट्रेलियामा रहेका महानायक हमालले सोमबारको जेनजीको आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले आठ सेप्टेम्बर नेपालको कालो दिन भएको बताए।

उनले भनेका छन्, ‘आठ सेप्टेम्बर नेपालको कालो दिन हो । हिजो पाँच-छ घण्टाको अन्तरालमा १९ देखि २२ वर्षका युवाहरूको विभत्स हत्या भएको छ जेनजीले उठाएको मुद्दामा हामी सबैले साथ दिइरहेका छौं।'

हमालले आन्दोलनकारीलाई संयमित हुन आग्रह गर्दै राष्ट्रको सम्पदा कुनै नेताको निजी सम्पत्ति नभएको र तिनको संरक्षण गर्न आव्हान गरेका छन्। हामी सबैलाई आफ्नो राष्ट्र प्यारो छ भन्दै अहिले देखिएको युवाहरुको यो आक्रोश केबल पाँच वर्षको मात्र नभएर वर्षौदेखिको निराशा र पीडाको उपज भएको बताएका छन्।

महानायक हमालले बर्षौदेखि गुम्सिएको निराशा विस्फोट हुन सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध एक बहाना मात्र भएको बताउदै आत्मदेखि संयमता अपनाउन अपिल गरेका छन्।

Shivam cement

प्रकाशित: Sep 09, 2025| 20:39 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्